मेघा बैंकले एक हप्ता भित्र व्यवसायिक ऋण प्रवाह गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

मेघा बैंकले एक हप्ता भित्र व्यवसायिक ऋण प्रवाह गर्ने

काठमाडौं, ७ साउन । मेघा बैंक नेपाल लिमिटेडले एक हप्ता भित्र व्यवसायिक ऋण प्रवाह गर्ने विशेष योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो स्थापनाको ८ औं वर्षको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच व्यवसायिक ऋण प्रवाहको काम हप्ता दिन भित्र सम्पन्न गर्ने विशेष योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले ग्राहकहरुको आवश्यक्तालाई ध्यानमा राखेर बैंकले सो योजना अघि सारेको स्पष्ट पारिन् । उनले आवेदन दिएको २४ घण्टा भित्र ऋण पाउने र नपाउने ग्राहकलाई जानकारी दिने व्यवस्था गरिने घोषणा गरिन् ।

देशभर १ सय १ वटा शाखामार्फत् आफ्नो सेवा विस्तार गर्न सफल भएको मेघा बैंकको निक्षेप संकलन १२ अर्ब ७५ करोड पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);