१३०० गुम्वा–बिहार अलपत्र, गुम्वा महासंघ संघर्षमा उत्रने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

१३०० गुम्वा–बिहार अलपत्र, गुम्वा महासंघ संघर्षमा उत्रने

gumba

काठमाडौं, ७ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्वा/ बिहारहरु बनाइदिने आश्वासन दिएको लामो समय बितिसक्दा पनि कुनै प्रक्रिया अघि नबढाएको भन्दै नेपाल गुम्वा बिहार महासंघ संघर्षमा उत्रने भएको छ ।

महासंघका अध्यक्ष सोम्वले तामाङले सरकारको वेवास्ताका कारण भत्किएका संरचना बन्न नसकेको दावी गर्नुभयो । ‘हामीले सबै प्रक्रिया पुर्याइसकेका छौं, सरकार र प्राधिकरण तथा अन्य निकायले पनि सहमति जनाएका थिए तर अहिले आएर अलपत्र भएका छौं’ अध्यक्ष तामाङले भन्नुभयो –‘ कि त सुरुमै दिन्न भनेको भए हुन्थ्यो, आउने पैसा त पाइनौं तर पूर्व तयारी गर्दा भएको खर्च पनि पाइनौं ।’

तत्कालीन अवस्थामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले २०७३ साल फागुन २० गते वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्वा बिकास समितिलाई पत्र पठाई मापदण्ड अनुसार काम गर्न अख्तियारी दिएको थियो ।,आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

ताजा समाचार