वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयतमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयतमा वृद्धि

indhan aayat

पर्सा, ६ साउन । पर्साको वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयत बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक बर्ष २०७४-०७५ मा नाकाबाट पेट्रोल, डिजेल र ग्याको आयत बढेको छ ।

आर्थिक बर्ष २०७४-०७५ मा ४४ अर्ब १६ करोड मुल्य बराबरको ७७ करोड ४८ लाख किलो लिटर डिजेल आयत भएको छ । अघिल्लो बर्ष ३३ अर्ब ९१ करोड मुल्य बराबरको ७३ करोड ५१ लाख किलो लिटर डिजेल आयात भएको थियो । त्यस्तै १४ अर्ब ९३ करोड मुल्य बराबरको २६ करोड १२ लाख किलो लिटर पेट्रोल आयात भएको छ ।

अघिल्लो बर्ष ११ अर्ब ४९ लाख मुल्य बराबरको २३ करोड २७ लाख किलो लिटर पेट्रोल आयात भएको थियो । त्यस्तै खाना पकाउने ग्यासको आयात पनि दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४-७५ मा १४ अर्ब ४२ करोड मुल्य बराबरको २ खर्ब ९ अर्ब ४३ करोड किलो ग्यास भित्रिएको छ ।

अघिल्लो बर्ष १२ अर्ब १५ करोड मुल्य बराबरको १ खर्ब २१ अर्ब ५८ करोड किलो ग्यास भित्रिएको थियो । सवारी साधनको संख्या बढेसँगै पेट्रोलियम पदार्थको आयत बढेको हो ।