काठमाडौँ, ४ भदौ । यातायात व्यवस्था विभागले भोलिदेखि इम्बोस्ड नम्बर कार्यान्वयनमा ल्याउने भएको छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार इम्बोस्ड नम्बर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइन लागेको हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनको सम्पूर्ण तयारी भइसकेको र सोमबारबाट औपचारीक उद्धघाटन गरिने जनाएको छ । सवारीसाधनलाई निजी, सरकारी, कूटनीतिक नियोग र सार्वजनिक गरी ४ वर्गमा विभाजन गरी नम्बरप्लेट प्रदान गरिनेछ । सवारीधनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बरप्लेट प्रदान गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
पहिलो चरणमा सरकारी निकाय अन्तरगत यातायात व्यवस्था विभागकै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिने र यसपछि कूटनीतिक नियोग, निजी र सार्वजनिक सवारीमा इम्बोस्ड नम्बर जडान गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।