गणतन्त्रका लागि मिडियाकर्मीको योगदान उल्लेख्यः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार सञ्चार क्षेत्रको सहयोगी हुने बताएका छन् । सरकारले विज्ञापन लगायत कुनै पनि विषयमा नियन्त्रण नगर्ने स्पष्ट जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र गणतन्त्रका लागि मिडियाकर्मीको योगदान उल्लेख्य रहेको जनाएका हुन् । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजिवी पत्रकार ऐन लागु गर्ने बताएका छन् ।

नयाँ नेतृत्व चयनका लागि प्रत्येक ३ वर्षमा हुने पत्रकार महासंघको महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको अध्यक्ष पदका लागि निवर्तमान महासचिव उजिर मगर, पूर्व उपाध्यक्ष गोविन्द आचार्य र पत्रकार तीर्थ कोइरालाले दाबेदारी प्रस्तुत गरेका हुन् । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा आएका छन् । महाधिवेशन मंगलबार गतेसम्म चल्नेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);