काठमाडौँमा यस वर्ष सार्वजनिक अपराधका घटना बढे | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

काठमाडौँमा यस वर्ष सार्वजनिक अपराधका घटना बढे

prahari

अप्सरा लामिछाने
काठमाडौं, ४ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०७४-०७५ मा दर्ता भएका मुद्दा संख्या बढेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष मुद्दा संख्या ३३ प्रतिशतले बढेको प्रहरीले बताएको छ । मुद्दा संख्या बढेको भएता पनि जघन्य र ठूला अपराधको संख्यामा कमी आएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा यस वर्ष सार्वजनिक अपराधका घटनाको संख्या बढेको छ । प्रहरी परिसरमा आर्थिक वर्ष २०७४-०७५ मा ३ हजार ७ सय ८३ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष अर्थात २०७३-०७४ मा २ हजार २ सय ६९ वटा मात्र मुद्दा दर्ता भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सार्वजनिक अपराधका घटना बढेको देखिएको छ । गुण्डागर्दी नियन्त्रण गर्ने अभियान लागू गरिएकोले सार्वजनिक अपराधका मुद्दा दर्ता हुने क्रम बढेको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७४-०७५ मा वैदेशिक रोजगारी ठगी, किर्ते ठगी तथा बैंकिङ कसुर लगायतका आर्थिक अपराध बढेको छ । त्यस्तै साईबर अपराध, अनलाइन ठगी, बौद्धिक सम्पती चोरीजस्ता अपराध पनि बढदो छ ।

महिला तथा बालबालीका विरुद्धको अपराधमा शुन्य सहनसिलताको कठोर नीति अपनाईएकोले यस्ता अपराधमा उजुरीको संख्या बढेको तथा लागू औषध अपराध बढेकोे छ । विगतको वर्षको तुलनामा डकैती, चोरी, संगठित अपराध, अपहरण, मानव बेचविखन, जबर्जस्ती करणीजस्ता जघन्य र ठूला अपराधमा कमी आएको प्रहरीले बताएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दामा ९ हजार १ सय २ अभियूक्तलाई पक्राउ गरिएको छ भने विभिन्न मुद्दामा ६ सय ९२ जना फरार रहेका छन । ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भएकामा ५ हजार ९ सय ७६ वटा मुद्दा फस्र्याैट भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);