चितवन, ४ साउन । चितवनका कृषकहरुले दुधको मूल्य घटाएकोमा विरोध जनाएका छन । चितवन राप्ती नगरपालिकाका अगुवा कृषकले दुधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दुध पोखेर विरोध जनाएका हुन ।
सरकारी स्वामित्वमा रहेको डिडिसीले असार १५ गतेबाट दुधको मूल्य प्रतिलिटर ३ रुपैँया घटाएसँगै अरु निजी दुध डेरीहरुले पनि दुधको मूल्य घटाउन थालेपछि कृषकहरु आक्रोशित भएका हुन ।
पटक–पटक दुधको मूल्य घटाउने सरकारको निर्णयले कृषकलाई झनै मारमा पारेको कृषकहरुको गुनासो छ । चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।