गोविन्द केसीद्वारा स्वास्थ्य जाँच गर्न र औषधि सेवन गर्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

गोविन्द केसीद्वारा स्वास्थ्य जाँच गर्न र औषधि सेवन गर्न अस्वीकार

govinda kc

काठमाडौं, ४ साउन । चिकित्सा क्षेत्रको सुधारको माग राखी असार १६ देखि आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीले स्वास्थ्य जाँच गर्न र औषधि सेवन गर्न अस्वीकार गरेका छन् ।

चिकित्सक केसीले सरकारले आफूलाई जर्बजस्ती काठमाडौं ल्याएको भन्दै स्वास्थ्य जाँच गर्न र औषधि सेवन गर्न अस्वीकार गरेका हुन् । सरकारले विहिबार साँझ जुम्लाबाट काठमाडौं ल्याएका केसीलाई उहाँ कार्यरत शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरेको छ । तर केसीले आफूलाई काठमाडौं ल्याउने क्रममा जुम्लावासीमाथि अश्रुग्यास र लाठी प्रहार गरिएकाप्रति भत्र्सना गर्दै सामान्य स्लाइन बाहेक औषधि प्रयोग गर्न अस्वीकार गरेका हुन् ।

केसीले विगतमा आफूसँग गरिएका सम्झौता कार्यान्वयन नभएसम्म अनसन नछाड्ने अडान लिएका छन् । उनँले विज्ञप्ति जारी गरी सरकारमाथि आफू अनसन बसेको अस्पताललाई युद्धभूमि जस्तो बनाई अमानवीयरूपमा सत्याग्रहीको इच्छा विपरीत अपहरण शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको उल्लेख गरेका छन् ।