नागरिकमा प्रविधिको पहुँच पुर्याउन सरकार योजनाबद्ध : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

नागरिकमा प्रविधिको पहुँच पुर्याउन सरकार योजनाबद्ध : अर्थमन्त्री

yubraj dai

काठमाडौं, २ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकमा प्रविधिको पहुँच पुर्याउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको दाबी गरेका छन् ।

बुधबार प्रवासी नेपाली मञ्च अमेरिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उत्पादन बढाउन सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहुँच पुर्याउनुपर्नेमा जोड दिए । प्रविधिमा सबै नागरिकको पहुँच पुर्याएर मात्र मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पुर्याउन सकिने उनको भनाइ छ ।

सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेको भन्दै उनले बजेट र नीति तथा कार्यक्रममा पनि शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको दाबी गरे । कार्यक्रममा अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा. सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);