चार महिनामै २३ अर्ब रकमान्तर | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

चार महिनामै २३ अर्ब रकमान्तर

budget rakam

काठमाडौं, २ साउन । बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ ।

आर्थिक अनुशासन कायम गर्न रुपान्तरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नर्गन सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन । बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना फागुन, चैत्र, वैशाख र जेठमा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ।

यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माण लगायतका शीर्षकमा खर्च भएको पाइएको छ । आजको राजधनी दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);