सात अर्बको हतियार किन्दै नेपाली सेना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सात अर्बको हतियार किन्दै नेपाली सेना

sena

काठमाडौं, २ साउन । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ ।

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ। समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);