आजबाट अनलाइन सेयर काराेबार सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजबाट अनलाइन सेयर काराेबार सुरु

online

काठमाडौं, १ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यतालिकाअनुसार मंगलबार ३९ वटा ब्रोकर कार्यालयले अनलाइन सेयर कारोबारको परीक्षण सुरु गरेका छन् ।

बाँकी ११ वटा कार्यालयले भने नयाँ प्रणाली कनेक्सनमा प्राविधिक समस्या आएको भन्दै लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सकेनन् । नेप्सेका प्रवक्ता मुरारी पराजुलीले केही प्राविधिक समस्या आएकाले सबै ब्रोकर कार्यालयले अनलाइन कारोबार परीक्षण सुरु गर्न नपाएको बताए ।

केही प्राविधिक कठिनाइले सबैबाट अनलाइन कारोबार सुरु हुन नसकेको उनको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो कारोबार भएको दिन आज नै सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । व्यापार, वित्त र अन्यबाहेकका सबै समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ओरालो लागेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । हिजोको तुलनामा आज करिब ११ करोड कम अर्थात् २० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षको अन्तिम दिन सोमबार सेयर बजार परिसूचक करिब १२ अंगले बढेको थियो भने कारोबार रकम ३१ करोड ८५ लाख रुपैयाँ थियो ।

नेप्सेको कार्यतालिकाअनुसार अनलाइन सेयर कारोबार सुरु हुँदा पनि बजारमा कुनै उत्साह आउन सकेन । मंगलबारबाटै अनलाइन कारोबारको परीक्षण सुरु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);