बक्स अफिस प्रणालीकाे शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बक्स अफिस प्रणालीकाे शुभारम्भ

काठमाडौं, १ साउन । सरकारले लामो प्रयासपछि मंगलबारबाट बक्स अफिस प्रणाली लागू गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बक्स अफिस प्रणाली शुभारम्भ गरे ।

नेपाली सिनेमाका सबै पाटोलाई पारदर्शी बनाउने व्यवस्थासहितको डाटा राख्न बक्स अफिस प्रणालीको सुभारम्भ गरिएको मन्त्री बास्कोटाले बताए । उनले छिट्टै नेपाली सिनेमा हलहरुको वर्गीकरण गर्ने घोषणा गरे ।

बक्स अफिसको व्यवस्थाले सिने उद्योगमा लगानी नडुब्ने, कलाकारहरुले पनि उचित पारिश्रमिक पाउने तथा राज्यले पनि यस क्षेत्रबाट उचित राजस्व संकलन गर्ने मन्त्री बास्कोटाको भनाई छ ।

आजबाट संचालनमा ल्याइएको बक्स अफिस प्रणाली पहिलो चरणमा काठमाडौं उपत्यकाबाट लागू हुनेछ । यो प्रणालीमा नेपाली सिनेमा उद्योगको लगानी, कलाकारहरुको पारिश्रमिक, हलको व्यवस्था र राज्यले पाउने राजस्वको सबै विवरण समावेश गरिएको हुन्छ ।

नेपाल चलचित्र विकास बोर्डले तयार पारेको यो प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने पनि मन्त्री बास्कोटाले स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);