पाल्पा, ३२ असार । पाल्पाको रैनादवी गाउँपालिका छहाराले आर्थिक बर्ष २०७५/०७६ का लागि ४३ करोड ७८ लाख ४१ बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरि ४३ करोड ७८ लाख ४१ बराबरको बजेट सार्वजनिक गरेको हो । गाँउपालिकाले पूर्वाधार निर्माण, कृषि, पशुपालनलाई प्राथमिता दिएर बजेट ल्याएको गाँउपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।