विश्वकप फुटबलको उपाधि फ्रान्सलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

france world champion

काठमाडौं, ३२ असार । फ्रान्सले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । २१ औं विश्वकपअन्तर्गत गएराति रुसको लुजनिकी रंगशालामा भएको खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो ।

फ्रान्सले उपाधिसँगै पुरस्कारस्वरुप ४ अर्ब १० करोड रुपैयाँ पाएको छ । फ्रान्सले यसअघि सन् १९९८ मा विश्वकपको उपाधि जितेको थियो । खेलमा फ्रान्सले १८ औं मिनेटमा अग्रता लिएको थियो । डिबक्स बाहिरबाट एन्टोनी ग्रिजम्यानले हानेको फ्रीकिक प्रहार क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकको टाउकामा लागी गोलमा परिणत भएको थियो ।

मान्जुकिक विश्वकपको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आत्मघाती गोलका कारण १–० ले पछि परेको क्रोएसियाले खेलको २८ औं मिनेटमा बराबरी गोल फर्कायो । डिबक्सभित्र डिफेन्डर भिडाले दिएको पासमा इभान पेरिसिकले उत्कृष्ट फिनिसिङ गरी बराबरी गोल गरेका हुन् । तर त्यसको १० मिनेटपछि फ्रान्सले दोस्रो गोल गर्‍यो ।

फ्रान्सले दोस्रो गोल पेनाल्टीमार्फत गरेको हो । पहिलो हाफमा २–१ को अग्रता लिएको फ्रान्सले ५९ औं मिनेटमा अग्रता बढायो । पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । ६५ औं मिनेटमा केलियन एमबाप्पेले गोल थपेर फ्रान्सलाई ४–१ को अग्रता दिलाए । विश्वकपमा एमबाप्पेको यो चौंथो गोल हो ।

खेलको ६९ औं मिनेटमा मान्जुकिकले गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा विश्वकपको उपाधि जितेर इतिहास रच्ने क्रोएसियाको चाहना पूरा हुन सकेन ।

यद्यपि, क्रोएसियाका कप्तान लुका मोड्रिकले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका छन् । फ्रान्सका एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);