तामा खानीको पकेट क्षेत्र मानिने रुकुममा तामा उत्खनन् हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तामा खानीको पकेट क्षेत्र मानिने रुकुममा तामा उत्खनन् हुन सकेन

tama khani

मेगराज खड्का,
रुकुम, ३१ असार । रुकुम पूर्वको भूमे गाउँपालिका तामा खानीको पकेट क्षेत्र मानिन्छ । तर पछिल्लो समय सरकारी उदासीनताको कारण तामा उत्खनन् हुन नसकेको स्थानीयको भनाइ छ ।

चार दशक अघिसम्म रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबांगमा तामा उत्खनने हुने गरेको थियो । पहिले पुर्खाहरुले खानीबाट तामा निकालेर भाडाकुडा बनाउने गरेको स्थानीयको भनाइ छ । तर पछिल्लो समय तामा उत्खनने हुन छोडेको छ । सरकारी उदासीनताको कारण तामा उत्खनन् हुन छोडेको हो । सो गाउँपालिकाको आधा दर्जन ठाउँमा तामा खानी रहेको स्थानीय बताउछन् । पहिले उत्खनन् गरेर तामाबाट बनाइएका भाडाकुडा अहिले पनि प्रयोगमा छ । तामाको प्रचुर सम्भावना रहेको सो क्षेत्रमा उत्खनन्मा स्थानीयले जोड दिएका छन् ।

कानुनी जटिलताका कारण तामा उत्खनन् हुन नसेकेको गाउँपालिकाको भनाइ छ ।खानीको संरक्षण गर्ने अधिकार स्थानीय सरकारलाई भएपनि उत्खनन् गर्ने अधिकार नभएको गाउँपालिकाको भनाइ छ । प्रविधिको प्रयोग गरेर तामा उत्खनन् गर्ने हो भने स्थानीयले रोजगार पाउनुकासाथै विदेशबाट तामा आयत गर्नुपर्ने थिएन । विकास र समृद्धिको नारा दिएको सरकारले तामा उत्खनन्मा पहल गर्ने हो की ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);