जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले समाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले समाउने

traffic police

काठमाडौं, ३१ असार । काठमाडौंमा जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले समाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर प्रशिक्षण दिएरमात्र छोड्ने नयाँ नियम ल्याएको हो ।

महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो । आइतबार उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार, गौशाला, महाजगञ्ज, कालीमाटी र जावलाखेल लगाएतका १४ स्थानमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महानगरिय प्रहरी आयुक्तको कार्यालयका प्रमुख मनोज नेउपानेले बताए ।

पैदल यात्रुलाई सचेतना दिन पहिलो चरणमा यस्तो व्यवस्था लागु गरेका हो । ट्राफिक प्रहरीले जथाभावी बाटो काटने गरेका पैदल यात्रुलाइ समाइ सडकमै सुरक्षा घेरा बनाएर १५ मिनेट सचनेतना क्लास दिएर मात्रै छोडिएका थिए । पैदल यात्रुले सडक पेटी र जेब्रा क्रसिङको प्रयोग नगरेका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ तर दुर्घटना भने न्यूनीकरण हुन नसकेका कारण यात्रुलाइ जनचेतनाको लागी यात्रुलाइ क्लास लिएको ट्राफिक प्रहरी महाशाखा एसएसपी वसन्त पन्तले बताए ।

दुर्घटना बढ्दै जानुमा सडकको संरचना, चालक र पैदलयात्रीका लापर्बाही मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ । यसरी ट्राफिक प्रहरीले जनचेतना ल्याउने कार्यहरु गरेकोमा यात्रुसवारी दुर्घटनामा परेर यो बर्ष १ सय ६८ जनाको मृत्यु भएको छ । त्यस्तै ३ हजार ८ सय ९८ जना साधारण घाइते, २ सय १ जना गम्भिर घाइते भएका छन् ।

यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो । १५ दिनपछि त्यो नियम हटाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);