बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलयती प्रधानमन्त्री मेको योजनाको विरोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलयती प्रधानमन्त्री मेको योजनाको विरोध

donald trump

एजेन्सी, २९ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकासँग बेलायतको व्यापार समाप्त हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपियन युनियनबाट बेलायतको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री थेरेसा मेको योजना अघि बढे भावी व्यापार सम्झौताको सम्भावना समाप्त हुने चेतावनी दिए । ट्रम्पले मेको योजना अगाडि बढे सम्झौता गर्ने अवस्था अन्त्य हुने र अमेरिकाले बेलायतको साटो युरोपियन युनियनसँग सम्बन्ध कायम गर्ने बताए । मेले अगाडि सारेको योजना जनताले मतदानमार्फत व्यक्त गरेको धारणा भन्दा फरक भएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले हालै राजीनामा दिएका विदेशमन्त्री बोरिस जोनसन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने भन्दै जोनसनसँग त्यसका लागि चाहिने क्षमता रहेको बताए । उनले अमेरिकालाई उपयुक्त व्यवहार नगरेका कारण आफूले युरोपियन युनियनविरुद्ध कडा रवैया अपनाएको भन्दै आफूले दिएका सुझावलाई मेले बेवास्ता गरेको गुनासो गरे । यद्यपि, राष्ट्रपतिका रुपमा पहिलोपटक बेलायतमा रहेका ट्रम्पसँग बेलायती प्रधानमन्त्री मेले व्यापार सम्झौताको प्रस्ताव गर्ने अड्कलबाजी गरिएको छ ।

मेले युरोपियन युनियनबाट बेलायतको बहिर्गमन बेलायत र अमेरिका दुवैका लागि आर्थिक वृद्धिको ढोका खोल्ने अवसर भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);