शिक्षण अस्पतालका चिकित्सकले पनि सडक आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

शिक्षण अस्पतालका चिकित्सकले पनि सडक आन्दोलन गर्ने

काठमाडौं, २७ असार । काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालका चिकित्सकहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन ।

शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माईतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन ।

देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस भनेर आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताए ।

चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको डाक्टरहरुले स्पष्ट पारेका छन् । उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।