काठमाडौं, २७ असार । नेपालको राजनीति बिचित्र ढंगबाट अघि बढिरहेको छ । सरकार अस्थिर भयो र सहमतीय सरकार बन्द त्यसले काम गर्न सकेन भनेर चर्चा र बहस हुने गर्थ्यो । तर, अहिले सरकारको दुई-तिहाई बहुमत छ । नेपाल कम्युनिष्ट पार्टी ठुलो बनेको र उसलाई अरु राजनीतिक पार्टीहरुको पनि समर्थन गरेर अझ ठुलो बनाएका छन् । हिजो अस्थिरताको कारणले देशमा विकास हुन सकेन भनेर भनिन्थ्यो । अहिले राजनीतिक स्थिरता छ र सरकारको स्थिरताको पनि प्रत्याभूति भएको छ । तर, सरकार संचालन भएको करिब ५ महिनामा सडकदेखि सदन सम्म मानिसहरुले गुनासो गर्न थालेका छन् । सरकारको दिर्घकालिन र अल्पकालीन योजनाहरु के हो भन्ने विषयमा अन्योलता छाएको छ र यस विषयमा विभिन्न कोणबाट आवाज उठ्न थालेका छन् । राजनीतिक दलहरुले पनि सरकारलाई औला तेर्साउन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार किन अलमलमा परिरहेको छ ? किन राजनीतिक दलहरुको उल्झनमा फसिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यसँग गरेको कुराकानी हेर्नुहोस् :