बोर्ड अध्यक्षका लागि शिव श्रेष्ठको नाम चर्चामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बोर्ड अध्यक्षका लागि शिव श्रेष्ठको नाम चर्चामा

SHIVA-SHRESTHA

काठमाडौं, २७ असार । निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले बदर गरेपछि फेरि एकपटक चलचित्र विकास बोर्डको अध्यक्षका लागि काउन्टडाउन सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीसँग निकट विभिन्न चलचित्रकर्मीले आफ्नो नाम सञ्चार मन्त्रालयमा बुझाइरहेका छन् ।

केही दिनदेखि बोर्ड अध्यक्षका लागि दुई व्यक्तिको नाम खुबै चर्चामा थियो- दिनेश डिसी र केशव भट्टराई । निर्देशक डिसीलाई बोर्ड अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले चासो देखाएका थिए ।

प्रधानमन्त्री ओलीको राजकिय भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए । तर, रेडियो कान्तिपुरको स्टेशन म्यानेजरको पदबाट हट्न नसक्ने फिल्मीखबरसँगको कुराकानी पश्चात् केशवलाई बोर्ड अध्यक्षका लागि एक्ला दावेदार मानिएको थियो ।

तर, यसमा नयाँ ट्विस्ट आउने भएको छ । गोप्य सुत्रका अनुसार, चलचित्र विकास बोर्डको अध्यक्षमा पुराना अभिनेता शिव श्रेष्ठ हुनसक्ने प्रवल सम्भावना रहेको छ । बाहिरी रुपमा बोर्ड अध्यक्षका लागि ‘प्रोसेस’ गरेको नबताएपनि केही दिनदेखि उनी मन्त्रालयको चक्कर काटिरहेका छन् ।

मंगलवार निर्देशक डिसीसँग शिवले काठमाडौंको पाँचतारे होटल सोल्टीमा घण्टौं यसै विषयमा छलफल गरेको खबर प्राप्त छ । शिवले प्रधानमन्त्री समक्ष बोर्ड अध्यक्षका लागि आफ्नो नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओली पनि शिवलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न सकारात्मक देखिएका छन् । उता, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिना अगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ ।

अभिनेता द्वय श्रेष्ठ र भट्टराईमध्ये बोर्ड अध्यक्षमा को नियुक्त होला ? वा, फेरि यो कथामा नयाँ ट्विस्ट पो आउला कि ? मन्त्रीपरिषद्को निर्णयले नै अब यसको चिरफार गर्नेछ । राजनीतिक नियुक्ति हुने चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);