थाइल्याण्डको गुफामा फँसेका सबै १३ जनाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

थाइल्याण्डको गुफामा फँसेका सबै १३ जनाको उद्दार

allboysrescued

एजेन्सी, २७ असार । उत्तरी थाइल्यान्डको टेमलुंग गुफामा फँसेका सबै १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्दार गरेर बाहिर निकालिएको छ । आइतबारदेखि सुरु भएको उद्दारकार्य अन्तर्गत मंगलबार बाँकी रहेका चार जना बालक र उनीहरुका प्रशिक्षकलाई निकालिएपछि उद्दारको काम सम्पन्न भएको हो ।

यसलाई लामो र जोखिमपूर्ण अभियानका रुपमा लिइएको थियो । थाइल्यान्डको नेभी सिलले सबै १२ जना किशोर र उनीहरुका प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकालिएको जानकारी दिएको छ ।

सोमबार साँझसम्म ८ जना किशोरलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो । १२ जना फुटबल खेलाडी आफ्ना प्रशिक्षकसँग २३ जुनमा यो गुफामा गएका बेला भीषण वर्षाभएपछि फँसेका थिए ।

अँध्यारो र पानीले भरिएको कठिन गुफाबाट बाहिर सुरक्षित निकाल्ने अभियानलाई संसारभरको नजर थियो । बच्चाहरुलाई बाहिर निकाल्नुभन्दा अघि बाहिर निकाल्दा नडराउन भन्नका लागि औषधी खुवाइएको थाई प्रधानमन्त्रीले बताएका थिए । तर हाल आएर प्रधानमन्त्री प्रयुत चान–ओचाले बेहोस हुने औषधी दिएको रिपोर्टको खण्डन गरेका छन् ।

गुफाबाट बाहिर निकालिएका सबै बच्चाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको थाइल्यान्डका एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

गुफामा फँसेका बच्चाहरुलाई निकाल्न ४० देखि ५० जना विदेशी गोताखोर संलग्न भएका थिए । उनीहरुले यो चुनौतीपूर्ण अभियान तेस्रो दिनमा पूरा गरेका हुन् । एक जना बच्चाको उद्दारका लागि दुई जना गोताखोर खटिएका थिए । उनीहरुलाई अँध्यारो र पानीले भरिएको गुफाबाट सुरक्षित रुपमा बाहिर निकाल्नु कठिन काम थियो ।

गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको थियो । एकजना बेलायती गोताखोरले सो कुरा पत्ता लगाएका थिए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);