थाइल्याण्डमा प्रशिक्षकसँगै गुफाभित्र हराएका एक दर्जन किशोर ९ दिनपछि जीवितै फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थाइल्याण्डमा प्रशिक्षकसँगै गुफाभित्र हराएका एक दर्जन किशोर ९ दिनपछि जीवितै फेला

kishor haru

एजेन्सी, १९ असार । थाइल्यान्डमा गुफामा हराएका एक दर्जन किशोर नौ दिनपछि जीवितै भेटिएका छन् ।

फुटबल प्रशिक्षकसँगै गुफामा हराएका १२ जना किशोरलाई उद्धारकर्ताहरुले जीवितै भेटाएका हुन् । पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा दुईजना ब्रिटिश गोताखोरहरूसँग उनीहरूको जम्काभेट भएको छ । ११ देखि १६ वर्ष उमेरका किशोर २५ बर्षिय प्रशिक्षकसँग घुम्नका लागि चियांग राईको थाम लुएङ गुफामा गएका थिए । उनीहरु घुम्ने क्रममा गुफामा हराएका थिए ।

गुफाभित्र पानीको भेल पसेकाले जीवितै भेटिएका उनीहरूको उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई बाहिर निकाल्ने उपाय खोजी भइरहेको बताइएको छ । थाइ अधिकारीहरूले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्याउने तयारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);