प्रधानमन्त्री कार्यालयकै काम सुस्त | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

प्रधानमन्त्री कार्यालयकै काम सुस्त

mantriparisad office

काठमाडौं, २७ असार । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो। तर ती निकायको कामकारबाही प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रूपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन।

प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउन खासै ध्यान दिन नसकेको बताइएको  छ ।

प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्यायोजना छिट्टै ल्याउने प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार