सवारी दुर्घटनामा परी एकीकृत राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

काठमाडौँ, ४ भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी घाइते भएका छन्।

 

हिजो शनिबार नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए।

 

अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरेका छन्। प्रहरीले उनी सवार कारलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको जनाएको छ।