बाढीले सडक भत्काएपछि २० हजार स्थानीयको आवातजावत बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

बाढीले सडक भत्काएपछि २० हजार स्थानीयको आवातजावत बन्द

sadak bara

श्याम गुप्ता
बारा, २६ असार । बाराको निजगढ—रतनपुरी जोड्ने सडक बाढीले भत्काएसँगै निर्माणधीन फास्ट ट्रयाक समेत अवरुद्ध भएको छ । सडक भत्किएपछि रतनपुरीका २० हजार नागरिकको आवातजावत बन्द भएको छ ।

बाराको निजगढ—रतनपुरी जोड्ने सडक बाढीले भत्काएपछि सो क्षेत्र अस्तव्यस्त भएको छ । बाढी र डुबानका कारण निर्माणधीन फास्ट ट्रयाकको काम समेत रोकिएको छ ।

सडक भत्किएपछि स्थानीयको आवातजावत समेत बन्द भएको छ । सडक लालबकैया खोलाले कटान गरेपछि स्थानीयले अहिले सेनाले निर्माण गरेको फास्ट ट्रयाक बाटो प्रयोग गरेका छन् ।

राष्ट्रिय वन हुँदै गएको पुरानो सडक बर्षामा बर्सेनि बाढीले कटान गर्ने गरेको छ । जसको कारण वन अतिक्रमण बढ्दै गएको छ । कटानमा कारण बकैया—नागमणी सामुदायिक वन क्षेत्र साँघुरिने भएको छ । नदीबाट बर्सेनि कटान हुँदा एक दशक यता १० हेक्टर भन्दा बढी वन क्षेत्र बगरमा परिणत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);