गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको बताए | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको बताए

gokul baskota

काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक कार्यक्रममा मन्त्री बाँस्कोटाले आफू तत्काल शुल्क बढाउने पक्षमा नरहेको बताएका हुन् । इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ भन्दै मन्त्री बास्कोटाले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको तर्क गरे ।

मन्त्री बास्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउनेगरी प्रविधि, स्रोत र साधनको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);