सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाइने

ministry of finanace

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउन प्रस्ताव गरेको छ ।

अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको उक्त विधेयकमाथि सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउन सुझाव दिएको हो । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउन अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले पेन्सनमा थपिंदै गएको बोझ, औसत आयुमा भएको वृद्धि, सबै तह र सेवामा देखिएकाले अवकास पाउने उमेरको विविधता, प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारीको आवश्यकता लगायत कारण देखाएर अनिवार्य अवकाशको उमेर ६० वर्ष राख्न सुझाव दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले अनिवार्य अवकाशमो उमेर ६० वर्ष कायम गर्न सुझाव दिंदै विधेयकमा सहमति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);