कठमाडौ, ३ भदौ । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । एमसिसीको सञ्चालक समितिको बैठकले ५२ अर्ब रुपैयाँभन्दा बढी लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको हो ।
एमसिसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर अर्थात १३ अर्ब ५० करोडभन्दा बढीको योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट कार्यक्रममा दुई देशले एक महिनाभित्र हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । कम्प्याक्ट कार्यक्रम अन्तर्गत दुई वटा परियोजना सञ्चालन हुने छन् । परियोजना अन्तर्गत करिब तीन सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत् लाइन निर्माण गरिनेछ ।