सरकार विरुद्ध संसदमै अनसन बस्ने कांग्रेस सांसदको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सरकार विरुद्ध संसदमै अनसन बस्ने कांग्रेस सांसदको चेतावनी

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारका असंबैधानिक क्रियाकलाप विरुद्ध संसदमै अनसन बस्ने चेतावनी दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका सासंदहरुले सरकार निरंकुश शैलीमा अघि बढेको तथा नागरिकलाई बोल्न पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराएको आरोप लगाए ।

सांसद अमरेश कुमार सिंहले हिजो लोकतन्त्रका लागि बन्दुक पड्काउँदै लडेको पार्टीले आज सरकारमा बसेर नागरिकलाई बोल्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाए । उनले भने ‘‘के लोकतन्त्रमा कहीँ कसैले भेला गर्न र कसैले सरकारको विरोध गर्न पाउँदैन ?”

उनले हिटलर, स्टालिन, र माओको पालामा सवैभन्दा बढी हत्या भएको स्मरण गराउँदै सरकारको कार्यशैली प्रति शंका व्यक्त गरे । “जुन पार्टी आज सरकारमा छ, हिजो लोकतन्त्रका लागि लडिरहेको थियो, बन्दुक पड्काईरहेको थियो तर आज त्यही पार्टी आएर, त्यही व्यक्ति सरकार र मन्त्रीमा बसेर बोल्न पनि बन्देज लगाईरहेको छ । यो कस्तो लोकतन्त्र हो ? बाहिर हल्ला छ यो सरकार लोकतान्त्रिक प्रक्रियामा हिटलरको बाटोमा जाने कि स्टलिनको बाटोमा जाने वा माओको बाटामा जाने ?’’

संसदमै अनसन बस्ने अबस्था श्रृजना नगर्न उनले सरकारलाई आग्रह गरे । उनले डाक्टर केसीको माग पुरा गरि चिकित्सा शिक्षा अध्यादेशलाई यथास्थितिमा नै संसदबाट पारित गराउन माग गरे ।

सांसद डिला संग्रौला पन्तले डाक्टर केसीलाई सरकारले गैह्र न्यायिक व्यवहार गरेर लोकतन्त्र र मानवअधिकारको धज्जि उठाएको आरोप लगाए । विशेष समयमा बोल्दै सांसदहरुले आ आफ्ना क्षेत्रका समस्यामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेखा शर्माले मनसुन सुरु हुने वित्तिकै मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति पुर्याएको भन्दै क्षतिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले विपत व्यवस्थापन ऐन निर्माणबारे सदनलाई जानकारी गराउन माग गरिन् ।

सांसद महेन्द्र राय यादवले चुरे दोहनका कारण तराईका जिल्लाका भु भाग मरुभुमिमा परिणत हुँदै गईरहेको भन्दै चुरे संरक्षण तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद हृदेश त्रिपाठीले बाढी पहिरोबाट समग्र तराई मधेस र पहाड आक्रान्त बन्दा पनि सरकारले यसबारे छलफल गर्न संकटकालिन बैठक डाक्न नसकेको टिप्पणी गरे । चुरेको दोहन तिब्र गतिले भईरहेको भन्दै उनले चुरे संरक्षण तर्फ सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);