उखु किसानको आवाज राज्यले नसुने माइतीघरमा आमरण अनसन बस्ने सांसद मोदीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उखु किसानको आवाज राज्यले नसुने माइतीघरमा आमरण अनसन बस्ने सांसद मोदीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आक्रोश पोखे । नेतालाई दिने उपचार खर्च वा अन्य फजुल खर्च कटाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

‘किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन । ८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असुल्ने गरी । नेतालाई उपचार खर्चलगायत फजुल खर्च कटौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं,’ सांसद मोदीले भने ।

अहिले आफूहरू बोल्ने थलो संसद अवरुद्ध रहेको र राज्यले किसानको समस्या नसुन्ने हो आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बाध्य हुने उनले चेतावनी दिए ।

‘संसद अवरुद्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आमरण अनसन बस्छौं । म नै गएर अनसन बस्छु । किसानसँगै हामी अनसन बसेर राज्यलाई घुँडा टेकाउँछौं । त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्याय गरौं,’ उनले भने ।

उखु किसानको आन्दोलनका क्रममा किसान कृष्णराय यादवको मृत्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि समस्या समाधान नभएकोमा उनले दु:ख व्यक्त गरे । ‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको समस्या भने उही रहन्छ । उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पलायन हुने अवस्था छ । यसमा हामीले इनिसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फेर्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);