काठमाडौं, २० असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार लोकतन्त्र र समाजवादको सिद्धान्त विपरित हिँडिरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय मागेर पूर्वप्रधानमन्त्री भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र, समाजवाद र साम्यवादको उपहास गरेको बताए ।
केही समययता देखा परेका घटनाहरु लोकतन्त्र र समाजवादको सिद्धान्तले परिकल्पना गरेका नीतिभन्दा विपरित रहेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे ।
उनले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।