महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

badi

काठमाडौं, १९ असार । महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।

तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरीका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका हुन् । रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायत नदीमा पानीको सतह तीव्ररुपमा बढिरहेका कारण स्थानीयवासी त्रसित भएका छन् । स्थानीयवासीले बाढी कुनै पनि बेला बस्तीमा पस्न सक्ने बताएका छन् ।

स्थानीय तहका प्रमुखहरुले लगातारको वर्षाका कारण ठूलै बाढी आउन सक्ने संकेत देखिएको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);