शितल निवासमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

 

 

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको शितलनिवास बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु राष्ट्रपति निवास पुगेका छन्। बैठकमा संविधान संशोधन, निर्वाचन र बाढी पीडित व्यवस्थापन र राहत वितरणमा केन्द्रित रहेर छलफल सुरु भएको छ।

 

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल सहभागी थिए।

 

त्यस्तैगरिमाओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी रहेको शीर्ष नेताहरूको बैठकले ठोस निष्कर्ष निस्कने शीतलनिवास स्रोतले जनाएको छ।

ताजा समाचार