काठमाडौं, १६ असार । मुलुकमा पहिलोपटक जलाशययुक्त जलविद्युत आयोजनासँग विद्युत खरिद् सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद् सम्झौता भएको हो ।
१ सय ४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आयोजनाले २०८० सालको चैत ३० गतेभित्र विद्युतको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने छ । आयोजनाबाट उत्पादित विद्युतलाई प्राधिकरणले सुख्खायाममा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ६ रुपैयाँ आठ पैसा तिर्ने छ ।