साताभरको सेयर कारोबार एक अर्बमा सीमित, लगानीकर्ता निराश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साताभरको सेयर कारोबार एक अर्बमा सीमित, लगानीकर्ता निराश

काठमाडौं, १६ असार । एक दिनमै दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार रकमको इतिहास बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साताभरको कारोबार एक अर्बमा सीमित भएको छ । सेयर संख्यामा भएको उल्लेख्य वृद्धिकाबीच लगानीकर्ताको संख्या स्थिर रहेका बेला वित्तीय क्षेत्रबाट कर्जा प्रवाह घटेसँगै सेयर कारोबार रकममा ठूलो गिरावट आएको हो ।

सेयर बजारमा सूचीकृत कम्पनीहरुको चुक्तापुँजीमा गरिएको भारी वृद्धिका कारण साना लगानीकर्तालाई हकप्रदको भारीले थिचिएका छन् भने निरन्तर ओरालो लागेको बजारको न्यून बिन्दुको पर्खाइमा ठूला लगानीकर्ता देखिएका छन् ।

सेयर बजार बढ्न नसकेपछि ऋण लिएर लगानी गरेकाहरुले बेच्न थाल्दा आपूर्ति झन् बढेको छ । यसको चपेटामा सेयर बजार परेको छ । अर्कोतर्फ, व्यक्तिगत लगानीकर्ताको पैसा आईपीओ र एफपीओमा फसेको छ ।

आईपीओ र एफपीओमा संस्थागत लगानीकर्तालाई रोक लगाइएपछि त्यसको दबाब व्यक्तिगत लगानीकर्तामा परेको हो । यसका कारण पनि बजारमा सेयरको माग बढ्न नसकेको विश्लेषकहरु बताउँछन् ।

चार गुणाभन्दा धेरैले बढेको सेयर संख्यालाई आधार मान्ने हो भने अहिले मूल्य समायोजनको स्थितिमा बजार रहेको उनीहरु बताउँछन् । कम्पनीहरुको सेयर मूल्य ‘बेस प्राइस’भन्दा तल आइसकेकाले लगानीकर्ताले थोरै–थोरै गरेर सेयर उठाउने हिम्मत गर्नुपर्ने उनीहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);