अफ्रिकाको लागि तीतो विश्वकप | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

अफ्रिकाको लागि तीतो विश्वकप

africans out of worldcup

एजेन्सी, १६ असार । पाँच अफ्रिकी टोली यस विश्वकपमा छनोट भएका थिए । जसमा मोरोक्को, इजिप्ट, नाइजेरिया, सेनेगल र ट्युनिसिया रहेका थिए । यी पाँचै टोली घर फर्किसकेका छन् । विश्वकपमा कुनै पनि अफ्रिकी टोली समूह चरण पार गर्न नसकेको ३६ वर्षपछि पहिलो पटक हो । यसअघि अफ्रिकी महादेसले १९८२ विश्वकपमा यस्तो नमीठो क्षण बेहोरेको थियो ।

मोरोक्कोले समूहमा अन्तिम खेलमा स्पेनसँग २–२ बराबरी खेलेर अंकविहीन हुनबाट बच्यो भने मोहम्मद सालाह सम्मिलित टोली इजिप्टले तीनै खेल हारेको थियो । नाइजेरिया अन्तिम खेलमा अर्जेन्टिनासँग २–१ ले हारेर प्रतियोगिताबाट बाहिरियो । जबकी ८५ औं मिनेटसम्म नाइजेरिया अन्तिम १६ पुग्ने स्थितिमा थियो । मार्कस रोजोको ८६ औं मिनेटमा भएको गोलले नाइजेरियालाई घर फर्कायो।

यस्तै सेनेगलको मामिलामा विश्वकप इतिहासमा पहिलो पटक घटना भएको छ । कोलम्बियासँग १–० ले हारेपछि अंक, गोलभिन्नतामा जापानसँग टाइ भएपछि फेयर प्लेमा सेनेगलले मात खायो । जापानले ४ पहेँलो कार्ड आत्मसात गर्दा सेनेगलले दुई बढी पहेँलो कार्ड बेहोर्नु घर फर्काउन पर्याप्त भयो ।

रुसको विश्वकपको तथ्यांक हेर्दा अफ्रिकी टोलीले १५ खेल खेलेकोमा जम्मा तीन खेल मात्रै जितेको छ । जबकी १० खेल हा¥यो र २ खेल बराबरीमा समाप्त भएको छ । तीन जितमा नाइजेरियाले आइसल्यान्डलाई, सेनेगलले पोल्यान्डलाई र ट्युनिसियाले पानामालाई हराएका थिए

आइभोरी कोस्टका पूर्व राष्ट्रिय खेलाडी डिडियर ड्रोग्बाले ज्यादै निरस नतिजा निस्केको बताए। उनले भने—यो अफ्रिकी महादेसको लागि खराब विश्वकप सावित भयो । यसले धेरै पछाडि पारेको छ । अर्को विश्वकपमा राम्रो गर्नु पर्ने भएको छ । यसको लागि पैसा चाहियो ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);