इलाम, १४ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १० वर्षभित्र समृद्ध प्रदेश बनाउने दाबी गरेका छन् । इलाममा १ नम्बर प्रदेश स्तरीय युवा महोत्सवमा मुख्यमन्त्री राईले युवालाई परिचालन गरेर १० भित्र समृद्ध प्रदेश बनाउने दाबी गरेका हुन् ।
मुख्यमन्त्री राईले प्रदेशलाई अध्यारो मुक्त बनाउन १० बर्षमा ४ हजार ५ सय मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए । जिल्ला युवा समिति इलामको आयोजनामा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सव शनिबारसम्म चल्ने छ ।