मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारको घोषणा

dhan

काठमाडौं, १४ असार । सरकारले आगामी तीन वर्ष भित्र धानमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ । १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवको अवसर पारेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आगामी ३ वर्ष भित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको हो ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले सरकारले धानको उत्पादन वृद्धि गर्न आवश्यक बजेट, नीति र त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले यस वर्षको धान दिवस धान उत्पादनको वृद्धिमा केन्द्रित हुने बताए । भोली असार १५ गते सरकारले देशभर धान दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । कृषि सचिव जिसीले धान दिवसमा सहभागी हुन पनि सबै कृषकहरुलाई आह्वान गरे ।

सरकारले राष्ट्रिय धान दिवसको अवसर पारेर भोली शुक्रबार काठमाडौंको दक्षिणकालीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कृषि सचिव जिसीले कार्यक्रमले धान उत्पादन वृद्धिका लागि आवश्यक नीतिगत निर्णय लिन सघाउ पु-याउने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);