सरकारको निर्णयलाई ठेकेदार कम्पनीले किन गर्छन वेवास्ता ? | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

सरकारको निर्णयलाई ठेकेदार कम्पनीले किन गर्छन वेवास्ता ?

तेजना पण्डित

काठमाडौं, १३ असार । विकास निर्माणमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई तुरुन्तै काम रोक्न सरकारले निर्देशन दिएपनि कतिपय ठेकेदारले अटेरी गरेका छन् ।

सम्झौताअनुसार गुणस्तर कायम नगरी काम गरिरहेका ठेकेदार कम्पनीलाई तत्काल काम रोक्न दीगो सहरी विकास आयोजनाले गत जेठ १५ गते निर्देशन दिएको थियो । तर, केही कम्पनीले अझै काम रोकेका छैनन् ।

२०७४ पौस १६ गतेसम्म निर्माण गरिसक्नुपर्ने टेकुको विष्णुमति नदीमा निर्माणधीन टेकु–डल्लु ६० मिटर लामो पुलको काम रोक्न सरकारले निर्देशन दिएपनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्देशनात्मक पत्रलाई बेवास्ता गरेको हो ।

२०७१ साल असार ९ गते सम्झौता गरी दुई ०७३ असार ३० गते भित्र काम सक्नेगरी सो पुल बनाउन दीगो शहरी बिकास आयोजना र जेटआइइसि–पप्पु कन्सट्रक्सनबीच संझौता भएको थियो । २० करोड २३ लाख ७५ हजारमा ठेक्का सम्झौता गरिएको उक्त पुलको सम्झौता अनुसार काम नसकिएपछी पुनः दोस्रो सम्झौता गरी २०७४ पौस १६ गतेसम्म म्याद सारिएको थियो ।

तर, हालसम्म पुलनिर्माणको काम ६८ दशमलव ८० प्रतिशत मात्र भएको छ । त्यसरी ढिला हुँदासमेत पुलको गुणस्तर कायम गरिएको छैन । ६० मिटर लामो पुलमा दायाँ भागमा १० मिटर जमिनमा रहेको छ भने वायाँ भाग २० मिटर जमिनमा छ । बीचको ३० मिटर भागमा सातवटा गडर बिम रहेका छन् ।

सम्झौता अनुसार प्रत्येक बिममा तीन ठाँउमा १५ वटाका दरले १५ दशमलव ७ एमएमको तार हाल्नुपर्ने हुन्छ । तर उक्त कम्पनीले १५ दशमलव २ एमएमको मात्र तार प्रयोग गरेको छ । सरकारी कन्सलटेन्टसँग कन्ट्रक्सनले मिक्स डिजाइन सहमति पनि लिएको छैन ।

त्यसैले पुलको भारवहन क्षमतामा कमी आउनेभन्दै सम्बन्धित निकायले गत जेठ १५ गते नैं काम रोक्न पत्र काटेको थियो । तर, निर्माण कम्पनीले त्यसको बेवास्ता गरेको छ । गुणस्तर भएन भनेर सरकारले काटेको पत्रलाई बेवास्ता गरी निर्माण कम्पनीले काम नरोक्दा स्थानीय पनि आक्रोशित बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);