काठमाडौंँ, १३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले संघीयतालाई असफल बनाउन केही तत्व लागि परेको दावी गरेका छन् ।
नेता शर्माले संघीयतालाई असफल बनाउने तत्वहरुप्रति सचेत रहन पनि सबै स्थानीय तहलाई आग्रह गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनतालाई दिएको अधिकार मन नपराउनेहरुले संघीयताको विरोध गरेको उल्लेख गर्दै उनीहरुलाई प्रतिवाद गरेर अघि बढनुको विकल्प नरहेको बताए ।
पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले स्थानीय तहका युवा तथा महिला नेतृत्वलाई जनताप्रति उत्तरदायी भएर काम गर्न पनि सचेत गराए । नेता शर्माले जनताबाट अलग भएर राजनीति अघि बढ्न नसक्ने बताए ।