यसरी किन बाँधियो ७ बर्षिय बालकलाई फलामे सिक्रीले | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

यसरी किन बाँधियो ७ बर्षिय बालकलाई फलामे सिक्रीले

balak

प्रकाश नेपाल
पाल्पा, १३ असार । पाल्पाको रिब्दीकोट गाउँपालिका जोगीथुमका ७ बर्षिय बालक शिव कुमाललाई फलामे सिक्रीले बाँधेर राख्ने गरिएको छ । मानसिक सन्तुलन ठिक नभएको भन्दै परिवारले फलामे सिक्रीले बाँधेर राख्ने गरेको हो । उनी उपचार र उद्दारको प्रतिक्षामा छन् ।

किताब कापी बोकेर विद्यालय जानुपर्ने शिव कुमाललाई पशुलाई झै बाँधेर राखिएको छ । मानसिक सन्तुलन ठिक नभएको भन्दै परिवारले बिगत चार बर्षदेखि फलामको सिक्रीले बाँधेर राख्ने गरेका छन्।

उनलाई बाँधेर राख्नु परिवारको बाध्यता हो । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको परिवारको गुनासो छ ।

ती बालकलाई दिनभर घरको पिढीमा र राति खाटको खुट्टामा बाँधेर राख्ने गरिएको छ । खुल्ला छोड्दा भाग्ने र काम बिगार्ने भएकाले बाँधेर राख्नु परेको परिवारको भनाइ छ । उनी दिनभरी पीडिमा एक्लै चिच्याएर बस्ने गरेका छन् ।

पशु सरह सिक्रीले बाँधेर राख्दा पनि बालकको उपचार र उद्दारमा कसैले चाँसो दिएका छैनन् । बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था नभएका पनि हैनन् तर ती बालक कष्टकर जीवन बिताइ रहँदा पनि कसैको नजर परेको छैन । ती सात बर्षिय बालक उपचार र उद्दारको प्रतिक्षामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);