अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले हत्या गरेको स्वीकारेका छन् ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो । पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । अर्जुनका परिवारले हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने भन्दै लामो समय आन्दोलन गरेका थिए । शव भेटिएको १० दिनपछि मात्रै अर्जुनका परिवार अन्येष्टि गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);