काठमाडौं, ११ असार । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजाप्रति गम्भिर आशंका व्यक्त गरेको छ ।
प्याब्सनका महासचिव राजेन्द्र बानियाँले सरकारले सार्वजनिक गरेको एसर्ईई परिक्षाको नतिजा विश्वसनीय नभएको आरोप लगाए । उनले सामुदायिक विद्यालयहरुलाई नम्बर थपेर परिक्षाको नतिजा आएको भन्दै आपत्ति जनाए ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव बानियाँले सरकारलाई निःशुल्क शिक्षाको व्यवस्था गरेर देखाउन पनि चुनौति दिए । सरकारले निःशुल्क शिक्षाको कुरा गरेर निजी क्षेत्रका विद्यालयहरुलाई अपमान गरेको महासचिव बानियाको दावी छ ।
कार्यक्रममा उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एसईई परिक्षाको नतिजा खस्कनुमा सरकार दोषी रहेको आरोप लगाए । उनले परिक्षा प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्याब्सन र हिसानले विद्यालय तहको शिक्षालाई निःशुल्क गराउने सरकारको योजनाको बिरोध गर्दै आएका छन । उनीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरेर देखाउन पनि सरकारलाई चुनौति दिने गरेका छन ।