नवलपरासी, ९ असार । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडकोटमा भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।
गैंडाकोट–९ स्थित थुम्सीमा आज विहान भएको दुर्घटनामा घाइतेभएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।




