काठमाडौं, ८ असार । विश्वकप फुटबलमा समूह ईअन्तर्गत ब्राजिलले कोष्टारिकालाई २–० ले पराजित गरेको छ । सेन्ट पिटर्सवर्ग स्टेडियममा निर्धारित समयमा गोल हुन नसकेपनि अतिरिक्त समयमा ब्राजिलले दुई गोल गरेको हो । खेलको अतिरिक्त समयमा काउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर, खेलको अन्तिम समयमा नेइमारले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । समुह इमा २ खेलबाट ५ अंक जोड्दै ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
कोस्टारिका लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह इमै रहेको स्वीजरल्याण्डले आज राति पौने १२ बजे सर्बियाको सामना गर्दैछ ।
आजको खेल जितेमा सर्बिया अघिल्लो चरण प्रवेश गर्ने छ । तर स्वीजरल्याण्ड विजयी भएमा अन्तिम खेलबाट मात्रै समूह पार गर्ने टोलीको टुंगो लाग्नेछ ।
केही बेरपछि समूह डी का आइसल्याण्ड र नाइजेरिया भिँड्दै छन् । नाइजेरिया पहिलो खेलमा बोयसियासँग पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो ।
आजको खेलमा जीत निकालेमा आइसल्याण्डको अघिल्लो चरणको संभावना बलियो हुनेछ । तर, बराबरी अथवा हारले भने अर्जेन्टिनालाई मद्दत पुग्नेछ ।
त्यो अवस्थामा अन्तिम खेल फराकिलो गोल अन्तरले जितेमा अर्जेन्टिनाको अघिल्लो चरणको सम्भवना रहनेछ । नाइजेरियाले जितेमा भने अर्जेन्टिनालाई फाइदा हुनेछ । अर्जेन्टिनाले अन्तिम खेल नाइजेरियासँग र आइसल्याण्डले क्रोयसियासँग खेल्दै छन् ।