हेटौंडा घोषणा पत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सकिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हेटौंडा घोषणा पत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सकिदै

congress

काठमाडौं, ८ असार । आज हेटौंडा घोषणा पत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सकिदै छ ।

बिहीबार ७१ औं सभापतिले बोलेपछि बोल्नेक्रम सकिएको छ । डोल्पा, जाजरकोट, बैतडी र मुस्ताङका जिल्ला सभापति अनुपस्थित भएका र नवलपुरमा सभापति चयन नै नभएका कारण बोल्नेक्रम ७१ मा टुंगिएको हो । नेताहरुले जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई जुनसुकै हालतमा एक भएर जिल्ला जिल्लामा संगठन परिचालनको वातावरण बनाउन सुझाएका छन् ।

आज नेतृत्वलाई विभिन्न सुझाव सहित हेटौंडा घोषणा पत्र जारी गर्ने तयारी भएको मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले जानकारी दिए । घोषणा पत्रमा जिल्ला तहमा पार्टी सुदृढिकरणका उपायहरु र आगामी कार्यभारका विषय राखिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);