काठमाडौं, ८ असार । आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो । हरेक आमामा मातृत्वात्सल्य गुण हुन्छ नै सन्तानको शिक्षाको लागि त्याग गर्ने आमा भने विरलै हुन्छन् ।
यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु । छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाका स्रोत बनेको छ । शारिरिक रुपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि स्नातक तहसम्म डोर्याएर आएकी छिन् । सुलोचना अहिले स्नातक पहिलो बर्षमा अध्यनरत छिन् ।
सुलोचना भोयधुलाई उनकी आमा मैयाले हात समाएर विद्यालय लैजान थालेको अढाइ दशकभन्दा बढी भईसकेको छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।