काठमाडौंको अस्तव्यस्तताले चुनावी प्रतिबद्धतालाई गिज्यायो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

काठमाडौंको अस्तव्यस्तताले चुनावी प्रतिबद्धतालाई गिज्यायो

ktm

तेजना पण्डित

काठमाडौं, ६ असार । निर्वाचनको बेला हरेक राजनीतिक दलले काठमाडौं शहरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने बाचा गरेका थिए । तर, स्थानीय तहको निर्वाचन भएको एक वर्ष वितिसक्दा पनि सामान्य पूर्वाधारको विकासमा समेत ध्यान नदिँदा काठमाडौंको अस्तव्यस्तताले चुनावी प्रतिबद्धतालाई गिज्याइरहेको छ ।

स्मार्ट सिटिलाई पूर्ण व्यवस्थीत सहरको रुपमा परिभाषित गरिन्छ । जहाँ भौतिक संरचनादेखि हरेक कुरा व्यवस्थित हुन्छन् । यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारको रुपमा राखिएको हुन्छ र यसैमार्फत सेवा प्रवाह गरिन्छ । अटोमेटिक सेन्सर र डाटा सेन्टरसमेत हुनेछन् ।

तर, काठमाडौं उपत्यकाको अवस्था भने अस्तव्यस्त छ । न त यहाँको सडक व्यवस्थित छ, न घर बनाउँदा मापदण्ड पुरा गरीएको छ न त फोहोर व्यवस्थापन नै । काठमाडौंको सडकमा मुस्कीलले केही स्थानमा मात्र ट्राफिक लाइट देख्न सकिन्छ ।

सडकबत्ति पनि सिमित स्थानमा मात्र छन् । सुचना प्रविधिको कुरै छाडौं बाहिर निस्किएको बेला शैच गर्नका लागि सार्वजनिक शैचालयकोसमेत अभाव छ । व्यवस्थित फुटपाथ नहुँदा पैदलयात्रु सडकमै हिँडिरहेको देखिन्छ ।

आवश्यक मात्रामा आकाशे पुल र जेब्रा क्रसिङ समेत छैन । अझ भएका पनि प्रयोग गरिँदैन । अस्तव्यस्त शहरमा बिहान घरबाट सकुशल निस्केको व्यक्ति साँझ घर फर्कने हो की होइन भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ ।

अझ शारिरिक रुपमा असक्त भएकाहरुलाई त काठमाडौं शहरमा समस्यै समस्या छ । स्मार्ट सिटीको भाषणबाजी गर्नुभन्दा पनि पहिले सामान्य सुविधाका लागि पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने पूर्वाधारविद्हरुको भनाइ छ ।

सडक विभागले भने स्थान अभावका कारण संरचना निर्माणमा समस्या भएको जनाएको छ । तथापी साइकल लेन, आकासे पुल तथा जेब्रा क्रसिङ र ट्राफिक लाइटहरु राख्ने काम भइरहेको विभागको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);