डोटीमा गाँजा नष्ट अभियान जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

डोटीमा गाँजा नष्ट अभियान जारी

डोटी, ४ असार । डोटीको जोरायल गाउँपालिकाको विभिन्न ठाउँमा रहेको गाँजा नष्ट गरिएको छ । लक्ष्मिनगर, चनकट्टे र सरस्वतीनगरको १५ रोपनी क्षेत्रमा उम्रिएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

गाँजा नष्ट गर्ने अभियानमा स्थानीय, समावसेवी र शिक्षकले पनि साथ दिएका छन् । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले डोटी प्रहरीले गाँजा नष्ट गर्ने अभियान चलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);